Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


आहा रारा फुटवलको उपाधी सहारा क्लबलाई


195
Shares

पोखरा ।

२५औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ ।

आज पोखरा रंगशालामा भएको खेलमा जावलाखेल युथ कलबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि जितेको हो । सहाराका लागि टाये डिनियल बादारु र मुकुन्द निउरेले गोल गरेका थिए ।

यो जितसँगै सहारा क्लबले नगद १४ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको जावलाखेलले ७ लाख रुपैयाँ प्राप्त ग¥यो । गत माघ २७ गतेदेखि शुरु भएको प्रतियोगितामा स्वदेशी र विदेशी गरि १२ टिमको सहभागिता रहेको थियो ।