Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


सहकारी पीडितलाई न्याय दिने एजेण्डासहित चुनावी मैदानमा केसी


351
Shares

काठमाडाैं । सहकारी पीडितलाई न्याय दिने एकमात्रै एजेण्डासहित प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिइएको छ ।


सहकारी वचतकर्ता पीडित महासंघका अध्यक्ष कुशलभ केसीले सो एजेण्डामात्रै लिएर काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताउनुभएको हो ।

शनिवार काठमाडौंको माईतीघर मण्डलामा सहकारी पीडितहरुको भेला गरी आफ्नो चुनावी अभियान शुभारम्भ गर्दैं उहाँले सहकारी पीडितहरुलाई न्याय दिने काम विगतमा बनेका कुनैपनि सरकारले नगरेकाले उनीहरुलाई न्याय दिनका लागि आफूले उम्मेदवारी दिनु परेको बताउनुभयो ।

अध्यक्ष केसीले पीडितलाई न्याय दिन सडकबाट सम्भव नभएकाले आफूले सदनमा जानुपर्ने अवस्था आएको भन्दै आफ्नो चुनाव चिन्ह प्रेसर कुकरमा मतदान गर्न पनि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो,‘हामी अन्यायमा प¥यौँ । त्यसैले आफूले आफैँलाई न्याय गर्न, पीडित सडकमा मात्रै हुँदैनन्, सदनमा गएर न्याय गर्न सक्छन् भन्नेकुराको मेरो उम्मेदवारी दिँदै यहाँ आएको छु । र, यो भेलामा पनि त्यो सन्देश दिन्छ ।’ भेलामा सहभागी भएका सहकारी पीडितहरुले सहकारी पीडितहरुको अभियान, प्रेसरकुकरमा मतदान गर्न आह्वान गर्दै नाराबाजी समेत गरेका थिए ।