Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


एमालेको झण्डा जलाएको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ


2.9k
Shares

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा नेकपा एमाले को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ बाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई शुक्रबार पक्राउ गरेको हो ।

बिहीबार वीरेन्द्र चोकमा रवि लामिछाने लाई स्वागत गर्न जुटेको भीडका बीच एमालेको झण्डा जलाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ । निर्वाचनको समयमा शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्न संयमित व्यवहार गर्न प्रहरीले सबै पक्षलाई आग्रह गरेको छ ।