Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


बाजुरामा पुग्यो मतपत्र


91
Shares

बाजुरा ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा मतपत्र पुगेको छ ।

निर्वाचन आयोगले समानुपातिक र पहिलो हुने निर्वाचन तर्फको मतपत्र जिल्लामा आइपुगेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिनुभयो ।

प्राप्त जानकारी अनुसार समानुपातिक तर्फ ९७ हजार र पहिलो हुने निर्वाचित प्रणाली तर्फ ९४ हजार मतपत्र आइपुगेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि मतपत्र पुगी सकेकाले अब कर्मचारी खटाउने गरी काम भइरहेको छ । एक मात्र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात दल सहित एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

यहाँका ७७ मतदानस्थल मध्ये एक सय १८ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । तीमध्ये ६२ अतिसंवेदनशील, १२ वटा संवेदनशील र ३ वटा सामान्य रहेको जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा ८७ हजार ८६१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । तीमध्ये ४२ हजार ४३१ महिला, ४५ हजार ४२८ पुरुष र २ जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ ।