Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


सहारा क्लब आहा राराको फाइनलमा


39
Shares

पाेखरा ।
पोखरामा जारी २५औं आहा रारा गोल्डकपमा सहारा क्लव फाइनलमा पुगेकाे छ ।

पोखरा रंगशालामा आज भएको खेलमा मनाङ मर्स्याङदी क्लबलाई सडनडेथमा पराजित गर्दै सहारा फाइनलमा प्रवेश गरेको हो । सहाराले मनाङलाई ७–६ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

खेलको निर्धारित ९० मिनेटमा दुवै टीम गोलरहित बराबरीमा रोकिएपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा पनि गोल हुन नसकेपछि खेल खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइ ब्रेकरमा पनि दुवै टीम बराबरीमै रोकिएपछि खेल सडन डेथमा गएको थियो । प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा भोलि उज्वेकिस्तानको आभा फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ ।