शुभकला राई, ओखलढुंगा ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ ठूलाछापस्थित खनियाखर्क र केउरिनी गाउँका दलित समुदायका मतदाताहरू यसपटक फगत नारामा मात्र अल्झिने पक्षमा छैनन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा उनीहरूले आफ्नो क्षेत्रको विकासका आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्ध नेतृत्वको खोजी गरिरहेका छन् ।
करिब डेढ सय घरधुरी दलित समुदायको बसोबास रहेको ओखलढुंगाको खनियाखर्क र केउरिनी गाउँमा अहिले पनि विकासको लहर पुग्न सकेको छैन । यी बस्तीसम्म पुग्ने भित्री सडकको अवस्था निकै दयनीय हुँदा स्थानीयले ठूलो सास्ती भोग्दै आएका छन् ।
सडकको दुरावस्थाका कारण बिरामी पर्दा एम्बुलेन्स समेत बस्तीमा छिर्न नसक्ने अवस्था छ । जिल्लाकै रुम्जाटारस्थित जिल्ला अस्पताल पुग्नका लागि समेत सहज सडक छैन ।






प्रतिक्रिया दिनुहोस्