मुगु ।
हिमाली जिल्ला मुगुमा परम्परागत दुई शक्ति नेपाली कांग्रेस र नेकपा एमालेलाई नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले कडा चुनौती दिएका छन् ।
मुगुमा यस पटक ‘त्रिपक्षीय प्रतिस्पर्धा’ मात्र नभई मत विभाजन र गठबन्धन विघटनको प्रत्यक्ष परीक्षण समेत हुने देखिएको छ । एक मात्रै क्षेत्र रहेको मुगुकमा कांग्रेसबाट खड्गबहादुर शाही, एमालेबाट पूर्णबहादुर, रोकाया, नेकपाबाट चन्द्रबहादुर शाही र रास्वपाबाट भुवन टमाटा चुनावी मैदानमा छन् ।
यस्तै, नेकपा माओवादीबाट रंगवीर परियार, राप्रपाबाट बलबहादुर मल्ल, प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन मल्ल लगायतका उम्मेदवार समेत मैदानमा छन् । २०७९ सालको समानुपातिक मत परिणाम अनुसार मुगुमा एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र एकीकृत समाजवादी चौथो स्थानमा थिए ।
तर यस पटक चुनावी गठबन्धन नरहेकाले विगतको समीकरण पूर्णतः परिवर्तन हुने देखिएको छ । मुगुका युवा पुस्ताबीच प्रभाव पारेको रास्वपाले कुन दललाई क्षति पुर्याउँछ सोही अनुसार चुनावी परिणाम निर्धारण हुने विश्लेषण गरिएको छ । न्युन मतदान भए परिणाममा अप्रत्याशित आउन सक्ने अनुमान पनि गरिंदैछ । मुगुमा कुल ३६ हजार ३१ मतदाता रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्