Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


रास्वपा परित्याग गरेकी मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेस प्रवेश


624
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।
बुधवार पार्टीले धनुषामा आयोजित प्रतिज्ञा सभामार्फत उहाँ काँग्रेसमा प्रवेश गर्नुभएको हो । शर्मालाई पार्टी सभापति गगनकुमार थापाले खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले रास्वपा पुरानो काँग्रेस भइसकेको टिप्पणी गर्नुभयो । उहाँले विशेष महाधिवेशनबाट आएको नेतृत्व र नीतिको आधारमा काँग्रेस नयाँ र थप सुदृढ भएर आएको जिकिर गर्नुभयो । उहाँले अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार चयनमा आर्थिक चलखेल भएको भन्दै बुधवार बिहान मात्रै साधारण सदस्य समेत नरहनेगरी रास्वपा परित्याग गर्नुभएको थियो ।