काठमाडौं ।
बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग सञ्चालनमा आएकाे छ ।
ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग खुलाइएको हो। बनेपाको चाँदनी चोकमा बुधबार बिहान बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कूटरलाई ठक्कर धुलिखेल नगरपालिका- ५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो। मृत्युपछि स्थानीयले विरोध स्वरूप राजमार्ग अवरुद्ध गरेका थिए।
घटनापछि बनेपा क्षेत्रमा तनाव फैलिएको थियो र आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका थिए। सुरक्षाकर्मीले प्रदर्शनकारी नियन्त्रणमा लिएका छन् ।






प्रतिक्रिया दिनुहोस्