Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


रास्वपाले आज धनगढीमा चुनावी कार्यक्रम गर्दै

सभापति लामिछाने र वरिष्ठ नेता बालेनले चुनावी कार्यक्रममा सम्बोधन गर्ने

468
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ ।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले साेही कार्यक्रममा सम्बोधन गर्ने पार्टीका एक नेताले बताएका हुन् । यसअघि जनकपुरमा रास्वपाले पहिलो प्रदेशस्तरीय कार्यक्रम गरेको थियो । रास्वपा सुदूरपश्चिम प्रदेशले सभाको लागि सभापति लामिछाने मंगलबार नै धनगढी पुगेकाे जनाएकाे छ। नेता शाह भने बुधबार जाने हुनुभएकाे हाे । साेही नावी कार्यक्रम बुधबार बिहान ११ बजेदेखि शुरु हुने जनाइएकाे छ।

धनगढीको चुनावी सभालाई सम्बोधन गरेर फागुन ७ गते सुर्खेतमा चुनावी कार्यक्रम गर्न लागिएको रास्वपाले जनाएको हाे ।