Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


पैदलयात्रुमाथि हातपात गर्ने बमलाई अनुसन्धानकाे लागि सात दिन म्याद थप


3.8k
Shares

काठमाडौं । नारायणगोपाल चोकमा पैदलयात्रीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पारस बममाथि सात दिनको म्याद थप भएको छ।

सार्वजनिकस्थलमा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बमलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको र थप अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Skip This