केशव काेइराला, बर्दिया ।
बर्दिया र कैलाली जिल्ला जोड्ने सत्तीघाट पुलमा भएको सवारी दुर्घटनापछि भाँचिएको रेलिङ अझैसम्म मर्मत नहुँदा दैनिक आवतजावतमा जोखिम बढेको छ ।
गत पुस १६ पुलमा गुडिरहेको टिप्परको ब्रेक फेल भई अनियन्त्रित हुँदा पुलको रेलिङका ५ वटा पिल्लर भाँचिएका थिए । तर हालसम्म पनि पुनःनिर्माण कार्य अघि नबढ्दा स्थानीय बासिन्दा र यात्रुहरू चिन्तित बनेका छन् ।
उक्त पुल हुँदै दैनिक सयौं सवारी साधन तथा हजारौं पैदलयात्री आवतजावत गर्ने गर्दछन् । सानो गल्तीले पनि ठुलो दुर्घटना हुन सक्ने खतरा रहेको स्थानीय राममणि उपाध्याय बताउँछन् ।






प्रतिक्रिया दिनुहोस्