Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


रामेछापमा बस दुर्घटनामा बेपत्ता युवकको शव फेला, एक जना अझै बेपत्ता


260
Shares

रामेछाप । गत मंगलबार भएको बस दुर्घटनमा बेपत्ता भएका एक युवाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनाको एकहप्ता पुगेको दिनै उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वरका २४ वर्षीय बिशाल सुनुवारको शव भेटिएको हो । सुनुवारको शव दुर्घटना स्थालबाट करिब १ सय मिटर तल सुनकोशी र तामाकोसीको संगम स्थलमा भेटिएको रामेछाप प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परि १२ जानको ज्यान गएको थियो भने २ बालक सहित तीन जना वेपत्ता भएका थिए । मन्थली नगरपालिका २ का क्रियन तामाङको शव सोमबार भेटिएको थियो भने लिखु तामाकोसी गाउँपालिका ७ तिल्पुङ्का ८ बर्षिय रोनिश तामाङ अझै बेपत्ता छन् ।

सोमबार र मंगलबार एक/ एक जनाको शव भेटिएसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
दुर्घटना पश्चात स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त खोजी अभियानका जारी राखेको रामेछापका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक राजन प्रसाद तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।