Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


कर्तव्य ज्यान मुद्दाका फरार ३ जना कसुरदार प्रहरीकाे नियन्त्रणमा


104
Shares

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मंगलबार कर्तव्य ज्यान मुद्दाका तीन जना फरार कसुरदारलाई पक्राउ गरेको छ ।

स्याङ्जाको आँधिखोला गाउँपालिका–५ बस्ने जुठे दमै भन्ने पहले दर्जी, सोही ठाउँका गम्भीर दमै र भद्रसिंह गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट जनही १० महिना कैद भुक्तान बाँकी रहेको प्रहरीले बताएको छ। अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त- प्रभावकारी बनाई न्यायिक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि प्रहरीले सञ्चालन गरेको अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएकाे छ।

प्रहरी कार्यालय स्याङ्जाले उनीहरूलाई कैद भुक्तान, लगत कट्टा तथा जरिवाना असुलको लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको जनाएको छ ।

Skip This