Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


महिला एशिया कप राइजिङ स्टार्समा भारत विजयी

नेपाल भने ७ विकेटले पराजित

195
Shares

काठमाडाैं । थाइल्याण्डमा जारी महिला एशिया कप राइजिङ स्टार्समा मंगलबार भएको खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भारतको ‘ए’ टोलीसँग पनि पराजित भएको छ ।

भारतले नेपाललाई ७ विकेटले पराजित गरेकाे हाे । नेपालले जितका लागि दिएको ७९ रनको सामान्य लक्ष्य भारतको ‘ए’ टोलीले ७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटाएकाे थियाे । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ७८ रनमा अलआउट भएको थियो । नेपाल लगातार तीन खेलमा पराजित हुँदै बाहिरिएको छ । समूह ‘ए’ मा नेपालले अंक जोड्न सकेन । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टोलीसँग ३० रनले र दोस्रो खेलमा युएईसँग १८ रनले पराजित भएको थियो ।

एशिया कपमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएकोमा नेपाल रहेको समूहमा ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई तथा समूह ‘बी’ मा आयोजक थाइल्याण्ड, बङगलादेश, मलेसिया र श्रीलंका रहेका थिए ।