Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


बंगलादेशमा नयाँ सरकारको शपथ ग्रहणमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा ढाका पुगे


468
Shares

काठमाडाैं । बंगलादेशको नवनिर्वाचित सरकारको पद तथा गाेपनीयता शपथ ग्रहण समारोहमा सहभागी हुन नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार राति ढाका पुग्नुभएकाे छ।

हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शर्मा र नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशको परराष्ट्र मन्त्रालयका सचिव डा. मोहम्मद नजरुल इस्लामले भव्य स्वागत गरेका थिए। बंगलादेशमा सम्पन्न १३ औं संसदीय निर्वाचनपछि गठन हुन लागेको नयाँ सरकारको स्वागतका लागि नेपालले उच्चस्तरीय प्रतिनिधित्व पठाएको हो।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशमा सफलतापूर्वक संसदीय निर्वाचन सम्पन्न भएकोमा त्यहाँको सरकार र जनतालाई बधाई दिनुभएकाे थियाे। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लाई चुनावी विजयतर्फ डोर्‍याएकोमा तारिक रहमानलाई विशेष बधाई समेत ज्ञापन गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री कार्कीले आफ्नो सन्देशमा बीएनपीको जितलाई ‘सराहनीयु’ भन्दै दुई देशबीचको सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएकाे छ।