Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ


871
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन् ।

प्रहरीले साेमबार राति भक्तपुरस्थित निवासबाटै प्रसाईलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा ल्याएर राखिएकाे जनाएकाे छ। प्रहरी स्रोतले यहि फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईमाथि निगरानी बढाइएको थियो ।

सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको हो । यसअघि गत माघ २३ गते पनि पक्राउ परेका प्रसाई हाजिर जमानीमा रिहा भएका थिए। त्यस बेला निर्वाचन सम्बन्धी प्रसाईले दिएका अभिव्यक्तिलाई साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो ।

माघ ५ गते पोखराबाट पनि पक्राउ परेर सोधपुछपछि रिहा भएका प्रसाईमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको छ।