एजेन्सी । सुडानको अल–फशेर शहरमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को आक्रमणमा ३ दिनमै ६ हजार भन्दा बढी मानिसको ज्यान गएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाएको छ ।
गत वर्षकाे अक्टोबरमा शहर कब्जा गर्दा आरएसएफले नरसंहार, यौनहिंसा र व्यापक मानवअधिकार हनन गरेको प्रतिवेदनमा उल्लेख गरिएकाे हाे । शहरभित्र कम्तीमा ४ हजार ४ सय जना र शहरबाट भाग्ने क्रममा १ हजार ६ सय जना भन्दा बढी मानिस मारिएका पीडित र प्रत्यक्षदर्शीहरूले बताएका छन् । करिब ३ वर्षदेखि सरकारी सेना र आरएसएफबीच चलेको गृहयुद्धले १ करोड ३० लाख भन्दा बढी मानिस विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख भोल्कर टर्कले सबै पक्षलाई मानवअधिकार हनन तुरुन्त बन्द गर्न अपील गर्नुभएको छ । आरएसएफले प्रतिवेदनकाे बारेमा टिप्पणी गरेको छैन । सन् २०११ मा गृहयुद्धकै कारण सुडानबाट टुक्रिएर दक्षिण सुडान नामको नयाँ राज्य बनेको थियो । अहिले सुडानको पूर्वी क्षेत्र सरकारी सेना र पश्चिमी क्षेत्रको ठूलो हिस्सा आरएसएफ लडाकुको कब्जामा छ ।
यसैबीच आरएसएफ निकट सुडान फाउन्डिङ एलायन्सले पश्चिमी क्षेत्रमा समानान्तर सरकार स्थापना गर्ने घोषणा गरेपछि अफ्रिका युनियनले निन्दा गरेको हाे ।






प्रतिक्रिया दिनुहोस्