Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


निर्वाचन नजिकिदै गर्दा पेट्रोल र डिजेलको मूल्य पनि बढ्यो (विज्ञप्तिसहित)


1.4k
Shares

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

निगमले साेमबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रूपैयाँले बढाएकाे हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ । चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ५४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ ।

त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरको १ सय ३९ रूपैयाँ ५० पैसा पर्ने भएकाे हाे । त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ५६ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको मूल्य १ सय ४१ रूपैयाँ प्रतिलिटिर पर्ने भएकाे छ ।

काठमाडाैं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ५७ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको मूल्य लिटरको १ सय ४२ रूपैयाँ पर्ने निगमले जनाएकाे हाे । प्रतिनिधि सभा सदस्यकाे निर्वाचन नजिकिदै गर्दा पेट्रोल पदार्थकाे मूल्य पनि बढेकाे छ ।