काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने भएको छ ।
यहि फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले फागुन ७ गते सार्वजनिक हुने निश्चित भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभएकाे हाे। सोही अनुसार पार्टीले तयारी गरेको उहाँकाे भनाइ छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न सूचना जारी गरेको थियो । अहिलेसम्म प्रमुख राजनीतिक दलहरूमा नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालले सार्वजनिक गरिसकेका छन् ।
राप्रपाले शनिबार र जसपाले आयोगले ताेकिएकै मितिमा सार्वजनिक गर्ने तयारी गरेको छन् । यता नेपाली कांग्रेस र नेकपा एमालेले पनि फागुन ३ गते सार्वजनिक गर्ने भएका हुन् ।






प्रतिक्रिया दिनुहोस्