Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


आईसीसी टी-२० विश्वकपमा जिम्बाब्वेकाे लगातार दोस्रो जित

अस्ट्रेलिया भने २३ रनकाे फराकिलाे अन्तरले पराजित

1.1k
Shares

काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बाब्वेले लगातार दोस्रो जित हासिल गरेको छ ।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमादासा स्टेडियममा शुक्रबार भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे। जिम्बाब्वेले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ३ बलमा १ सय ४६ रन बनाउँदा सबै विकेट गुमायो । अस्ट्रेलियाका म्याट रेनशाले ६५ रन बनाएका थिए । जिम्बाब्वेका ब्लेसिङ मुजरबानीले ४, ब्राड इभान्सले ३ विकेट लिएका हुन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएकाे थियाे । जिम्बावेका ब्रायन बेनेटले नटआउट ६४ रन बनाए । अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरुन ग्रीनले १/१ विकेट लिएका हुन् । योसँगै जिम्बाब्वे २ खेलमा ४ अंकसहित समूह ‘बी’ को दाेस्राे स्थानमा छ । अस्ट्रेलियाले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्ने भएका छन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिने भएका हुन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएका छन् ।१०औंसंस्करणको टी–२० विश्वकपको फाइनल खेल आगामी मार्च ८ तारिखमा हुने भएकाे हाे ।