Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


एसीसी महिला एशिया कपमा पाकिस्तान विजयी

नेपाल भने ३० रनकाे फराकिलाे अन्तरले पराजित

325
Shares

काठमाडाैं । एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली पहिलो खेलमा पराजित भएको छ ।

थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनकाे फराकिलाे अन्तरले पराजित भएकाे हाे। पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७ रनमात्र बनाउन सक्यो । नेपालकी विन्दु रावलले ४५ बलमा ३९ रन बनाइन् । पाकिस्तानकी अनुशा नासिरले ३ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो । पाकिस्तानकी कप्तान हफ्सा खालिदले नटआउट ४० रन बनाइन् । नेपालकी कविता कुँवरले २ विकेट लिइन् । नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि आइतबार यूएईसँग र अन्तिम खेलमा भारत ‘ए’ सँग खेल्ने भएकाे छ।

थाइल्यान्डमा आजदेखि शुरू भएको प्रतियोगितामा ८ वटा टोलीलाई दुई वटा समूहमा विभाजन गरिएको छ । समूह चरणका खेलपछि शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्ने भएका छन् । फाइनल खेल यहि फेब्रुअरी २२ तारिखमा हुने भएका हाे ।