Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारत विजयी

नामिबिया ९३ रनको फराकिलो अन्तरले पराजित

273
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘ए’ को खेलमा भारतले नामिबियालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

दिल्लीको अरुण जेटली स्टेडियममा बिहीबार राति भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनाएको हो। जवाफमा नामिबिया १८ ओभर २ बलमा अलआउट हुँदै १ सय १६ रनमा समेटियो । भारतका इशान किशनले २० बलमा ६१ रन बनाएका थिए।

त्यस्तै, हार्दिक पाण्ड्याले २७ बलमा ५२ रनको आक्रामक इनिङ्स खेलेका हुन् । उनले बलिङमा पनि २र२१ लिएका थिए । त्यस्तै, वरुण चक्रवर्तीले ३ को शानदार प्रदर्शन गरे भने अक्षर पटेल २र२० को उत्कृष्ट बलिङ गरेका थिए । यो जीतसँगै भारतले लगातार दोस्रो जीत हात पारेको छ । समूहमा शीर्ष स्थानमा उक्लिएको हो ।

यसअघि पहिलो खेलमा भारतले अमेरिकालाई पराजित गरेको थियो । अब भारतको अर्को खेल पाकिस्तानसँग आइतबार श्रीलंकामा हुने भएको छ ।