काठमाडौं ।
पछिल्ला चार दिनदेखि घटिरहेको शेयर बजार आज भने स्थीर रहेकाे छ । दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से ०.०४ अंकले मात्रै ऋणात्मक बन्दै २६६२.०९ विन्दुमा अडिएको छ ।
नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढ्दा अरु बाँकी उपसमूहहरु सामान्य घटेका छन् । नेप्से करिब स्थिर रहँदा कारोबार रकम भने बढेको छ ।
११३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको शेयर मूल्य घटेको बजारमा आज रिडी जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ९ दशमलव ६७ प्रतिशतले बढेको छ भने सिंगटी हाइड्रको मूल्य ८ दशमलव ६८ प्रतिशतले बढेको छ । तर सुपरमाइ जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक ६ दशमलव ३९ प्रतिशत गुमाएका छन् । आज दिनभरमा ३२९ वटा स्टकको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज रिडी जलविद्युतको सर्वाधिक ६५ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्