Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


एमाले अध्यक्ष ओली आज झापामा ११ स्ठानमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदै


273
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं झापा -५ का उम्मेदवार केपी शर्मा ओली बुधबार झापाको पूर्वी गौरादहका ११ स्ठानमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुने भएकाे छ।

पार्टीको गौरादह नगर कमिटीले बुधबार बिहान ११ बजे गौरादहको चारआलीदेखि शुरु हुने कार्यक्रम साँझ ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुने जनाएकाे हाे । बुधबार बिहान पाैने १२ बजे पेट्रोलपम्पमा, साढै १२ बजे डिठा चोक, दिउँसो १ बजे हाँसखोरामा मतदातासँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ ।

यसैगरी दिउँसो साढे १ बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा र दिउँसाे २ बजे ठकठकेमा कार्यक्रम राखिएको छ । त्यस्तै साढै २ बजे बैराती, ३ बजे जुरोपानी र साढे ३ बजे ग्वालडुब्बामा भेटघाट राखिएको छ । त्यस्तै सवा ४ बजे जामबाडी र पाैने ५ बजे जयबहादुर अधिकारीको टोलमा कार्यक्रम राखिएको नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले बताउनुभयाे ।

अध्यक्ष ओलीले टोलटोलमा आयोजना गरिएका भेटघाटमा मतदाताका समस्या सुन्ने त्यसलाई सम्बोधनको प्रतिवद्धता जनाउने गर्दै आउनुभएकाे छ। उहाँ सँगको साक्षात्कारमा मतदाताले स्थानीय क्षेत्रमा भएका भौतिक, शिक्षा र स्वास्थ्यका असुविधालाई बढी उठाउने गरेका छन् ।

अध्यक्ष ओलीले मंगलबार पश्चिम गौरादहका बालबथानदेखि स्कूलचौनसम्मका १० स्थानमा मतदातासँग भेटघाट गर्नुभएकाे थियाे ।