Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


सिराहा कारागारमा नाइकेको कोठामा पेस्तोल भेटिएपछि १२ कैदीकाे स्थानान्तरण

पेस्तोल र नगद भेटिएपछि १२ कैदी सारियो

351
Shares

काठमाडाैं । सिराहा कारागारका नाइकेकाे काेठामा पेस्तोल भेटिएकाे छ ।

कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान पेस्तोल र १ लाख २० हजार रुपैयाँ नगद भेटिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी रमेशबहादुर पालले कारागारभित्र लागुऔषध कारोबार र मोबाइल फोनको अवैध प्रयोग भइरहेको सूचनाका आधारमा सोमबार सर्च अपरेसन सञ्चालन गरिएको थियो।

सर्च अपरेसनका क्रममा कारागारका नाइके यादवको कोठाबाट एक थान पेस्तोल र १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीपछि १३ जना कैदीलाई नियन्त्रणमा लिइएको थियो। तीमध्ये एक जनाको सोमबार नै रिहा हुने मिति भएकाले उनलाई छोडिएको र बाँकी १२ जनालाई विभिन्न कारागारमा सारिएको डिएसपी पालले बताए।

नियन्त्रणमा लिएका १२ मध्ये ३ जनालाई काठमाडौं केन्द्रीय कारागार, ७ जनालाई नुवाकोट कारागार र २ जनालाई रौतहट कारागार पठाइएको छ। कैदीहरूलाई नियन्त्रणमा लिएपछि कारागारभित्र रहेका अन्य कैदीहरूले सोमबार दिउँसोदेखि नै विरोध प्रदर्शन गर्दै आएका छन् । कारागार परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।