काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले भनेका कुरा पूरा गरेको र बदलिएर आएको बताउनुभएकाे छ।
सुनसरी-२ झुम्कामा मंगलबार नेता तथा कार्यकर्ताहरूसँग कुरा गर्दै सभापति थापाले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,- ‘कांग्रेस, आफूलाई विश्वास र माया गर्नु भएको छ। अब यो क्षेत्रबाट राजीव कोइरालालाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्नेछु।’ सभापति थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयाे।
निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउदै सभापति थापाले बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नुपर्ने पनि बताउनुभयाे ।





प्रतिक्रिया दिनुहोस्