काठमाडाैं । नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयाघातका कारण उनको ज्यान गएको हो । थापाको असामयिक अवसानले यतिबेला सम्पूर्ण नेपाली कला क्षेत्र शोकमग्न बनेको छ ।
‘राते काइँला’ को उपनामले दर्शकमाझ अमिट छाप छाड्न सफल थापालाई नेपाली चलचित्रको एक बलियो ‘धरोहर’ मानिन्छ । उनले नेपाली चलचित्रमा खलनायकको भूमिकालाई पनि नायक सरहकै चर्चा र सम्मान दिलाउन महत्वपूर्ण योगदान दिएका थिए । लामो समयदेखि नेपाली र भारतीय दुवै चलचित्र उद्योगमा सक्रिय उनले धेरै स्मरणीय चरित्रहरूमा जीवन्त अभिनय गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्