काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्र क्लबले श्री भगवती क्लबलाई पराजित गरेकाे छ ।
काठमाडाैंकाे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुक्रबार भएको पहिलो खेलमा मच्छिन्द्रले भगवतीलाई २–० गोलले पराजित गरेकाे हाे । मच्छिन्द्रका प्रदीप बुढाथोकी र फ्रान्क एन्ज आइज्याकले गोल गरेका थिए । यो जीतसँगै मच्छिन्द्र ६ खेलमा १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । भगवती ६ खेलमा ४ अंकसहित १५औं स्थानमा रहेकाे हाे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुने भएका हुन् । राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् ।
लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयाेजकले जनाएकाे हाे ।





प्रतिक्रिया दिनुहोस्