काठमाडौं । मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाई फेरि पक्राउ परेका छन् ।
चाल्नाखेलबाट शुक्रबार प्रहरीको टोलीले प्रसाईलाई नियन्त्रणमा लिएको हो । प्रसाई विरुद्ध साइबर ब्य”रोमा उजुरी रहेको प्रहरी स्रोतले जनाएकाे छ । यसअघि २ साता अघि मात्रै हाजिरी जमानीमा छुटेका प्रसाईलाई प्रहरीले शुक्रबार पुन: पक्राउ गरेको हो ।
यसअघि नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर सभापति गगन थापामाथि आर्थिक चलखेलको भ्रम फैलाएपछि संयाेजक प्रसाई पक्राउ परेका थिए । प्रसाईमाथि कारबाही गर्न आयोगले साइबर ब्यूरोमा पत्रचार नै गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्