काठमाडाैं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले संचारकर्मीसँग कुरा गर्दै यस्ताे आग्रह गर्नुभएको हो । उहाँले निर्वाचनमा सार्वजनिक यातायातको क्षेत्रको सुधारमा प्राथमिकता दिने राजनीतिक दल र उम्मेदवारहरुलाई निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । महासंघले सार्वजनिक यातायातको सुधार हुने गरी चुनावी घोषणा पत्र ल्याउनका लागि दबाब दिन देशभरका यातायात व्यवसायी र मजदुरहरुलाई पनि अपिल गरेको छ । वरिष्ठ उपाध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने कुरामा पनि राजनीतिक पार्टीहरुले जोड नदिए आसन्न निर्वाचनमा उनीहरुलाई हानी हुने चेतावनी समेत दिनुभयो ।
महासंघले यातायातका साधनहरुको आयातमा सहजीकरण हुने गरी नीतिगत योजना ल्याउने कुरा पनि निर्वाचन घोषणा पत्रमा प्रतिवद्धता जनाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन्।





प्रतिक्रिया दिनुहोस्