Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


बागमतीसहित ६ प्रदेशमा आज दिउँसोदेखि फेरी भारी हिमपात र वर्षा हुँदै


5k
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

मंगलबार बिहान देशैभरी आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । तराईका केही स्थानहरूमा भने हुस्सु लागेको छ ।

त्यस्तै, मंगलबार दिउँसो भने देशका हिमाली तथा पहाडी भू‍-भागमा साधारणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानहरूमा मध्यम हिमपात-वर्षा हुने भएको हो । बाँकी हिमाली भू-भागका केही स्थानहरूमा पनि मध्यम हिमपात-वर्षाको सम्भावना रहेको छ । गण्डकी,कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्ते, मंगलबार राति भने देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्ने भएको हो । गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । साथै, बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानहरूमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।