Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


राष्ट्रपति पुटिनद्वारा रूसी सैन्य-प्राविधिक सहयोगका प्राथमिकता निर्धारण


403
Shares

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी राष्ट्रहरूसँगको रूसको सैन्य–प्राविधिक सहयोग (एमटीसी) का नतिजाहरू संक्षेपमा प्रश्तुत गर्नुभएकाे छ ।

उहाँले नतिजाको विकासका प्राथमिकताहरू समेत निर्धारण गर्नुभएको हाे । क्रेमलिन प्रेस सेवाले सैन्य–प्राविधिक सहयोग आयोगको बैठकमा बोल्दै राष्ट्रपति पुटिनले रूसको सैन्य–प्राविधिक सहयोग प्रणालीले सन् २०२५ मा उच्च प्रभावकारिता र लचिलोपन प्रदर्शन गरेको जनाएकाे छ। सोही अवधिमा विश्वका ३० भन्दा बढी देशहरूमा सैन्य सामग्रीहरू आपूर्ति गरिएको र त्यसबाट १५ अर्ब अमेरिकी डलर भन्दा बढी विदेशी मुद्रा आर्जन भएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति पुटिनले‍ प्राप्त उपलब्धिहरूले रक्षा उद्योगका उद्यमहरूलाई आधुनिकीकरण गर्न, उत्पादन क्षमता विस्तार गर्न र भविष्यका वैज्ञानिक अनुसन्धानहरू सञ्चालन गर्न अतिरिक्त कोष विनियोजन गर्न सम्भव तुल्याएको बताउनुभएकाे छ । रूसी नेताले सन् २०२६ मा रूसको सैन्य निर्यातको परिमाणमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस), सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ) र अफ्रिकी देशहरू सैन्य–प्राविधिक सहयोगका प्राथमिकताका क्षेत्रहरू रहने बताउनुभयो ।

राष्ट्रपति पुटिनले विद्यमान वित्तीय र अन्य सहयोगका संयन्त्रहरूको प्रभावकारी प्रयोगलाई निरन्तरता दिनु अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिनुभएको छ ।