काठमाडौँ । नेकपा एमाले नेतृ तथा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयरकी पूर्वप्रत्याशी रुना झा नेपाली कांग्रेस प्रवेश गर्नुभएकाे छ ।
आइतबार जनकपुरधामको मिल्स एरियास्थित कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको निवासमा आयोजित कार्यक्रममा उनले कांग्रेसमा पुनः प्रवेश गर्नुभएकाे हाे ।
नेता निधिले झालाई पार्टीमा स्वागत गर्दै एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयाे । कार्यक्रममा झाले लोकतन्त्र जोगाउन कांग्रेसकै भूमिका निर्णायक हुने बताउनुभयाे । कार्यक्रममा कांग्रेसका स्थानीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति थियो।





प्रतिक्रिया दिनुहोस्