एजेन्सी । इजरायलले गाजामा हवाई आक्रमणमा गर्दा ३२ जना प्यालेस्टिनीको ज्यान गएको छ ।
बीबीसीले हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले मारिनेहरूमा बालबालिका र महिलाहरू रहेको जनाएकाे हाे । दक्षिणी शहर खान युनिसमा विस्थापित मानिसहरूलाई आश्रय दिइरहेको पालमा हवाई प्रहार भएको छ । प्यालेस्टिनीहरूले यी हमलाहरूलाई ४ महिनाअघि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पको मध्यस्थतामा भएको दोस्रो चरणको युद्धविरामपछिको सबै भन्दा ठूलो हमलाको रूपमा वर्णन गरेका छन् ।
इजरायली सेनाले शुक्रबार हमासले सम्झौताको उल्लङ्घन गरेको भन्दै प्रतिक्रियास्वरूप धेरै आक्रमणहरू गरिएको पुष्टि गरेको छ । गत वर्षदेखि लागू भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको इजरायल र हमास दुवैले एक-अर्कामाथि आरोप लगाउँदै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्