Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत


286
Shares

काठमाडौं ।
बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको छ ।

बेलायती प्रधानमन्त्री केइर स्टार्मरको औपचारिक चीन भ्रमणसँगै उक्त प्रतिबन्ध फुकुवा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । उइगुर अल्पसङ्ख्यक समूहविरुद्ध मानवअधिकार उल्लङ्घनको आलोचना गरेको भन्दै उनीहरुलाई प्रतिबन्ध लगाईएको थियो ।

ती सांसदहरूलाई सन् २०२१ मा चीन प्रवेश गर्न प्रतिबन्ध तथा चिनियाँ संस्थाहरूलाई उनीहरूसँग व्यापार गर्न प्रतिबन्ध लगाइएको थियो। यसका साथै स्टार्मरको भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विषयमा फलदायी छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार बेलायती प्रधानमन्त्रीको यो आठ वर्षमा पहिलो चीन भ्रमण हो । त्यस्तै प्रधानमन्त्री स्टार्मर सन् २०२६ मा चीनले प्राप्त गर्ने संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्यको प्रथम नेता भएको पनि प्रवक्ता जियाकुनले जानकारी दिनुभयो ।

दुई देशका नेताहरूबीच भएको महत्वपूर्ण सहमति कार्यान्वयन गर्न र संयुक्त रूपमा दीर्घकालीन निरन्तर व्यापक रणनीतिक साझेदारी विकास गर्न चीन तयार रहेको उहाँको भनाई छ ।