Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सम्बन्धी अवधारणा जारी

अवधारणा कार्यान्वयनका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयकाे फत्राचार

195
Shares

काठमाडौं । गृह मन्त्रालयले वडातहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागितामा स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ ।

मन्त्रालयले शुक्रबार सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ जारी गरिसकेको हाे । निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्त्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै मन्त्रालयले सोही अवधारणा ल्याएको जनाएकाे छ । अवधारणा कार्यान्वयनका लागि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई फत्राचार समेत गरेको हाे ।

वडा तहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापनलगायत कार्यमा समावेश गराई निर्वाचनमा निजको अपनत्व अभिवृद्धि गरी गराई निष्पक्ष निर्वाचन सम्पन्न गर्ने अभिप्रायले अवधारणा सार्वजनिक गरिएको मन्त्रालयका फ्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयाे ।

अवधारणा कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीलाई जिम्मेवार बनाइएको छ ।