एजेन्सी । १४ वर्षपछि पाकिस्तान र बंगलादेशबीच पुन: उडान शुरू भएको छ ।
दुई देशबीच लामो समयदेखि असहज रहेको सम्बन्धमा सुधार आएपछि बिहीबारदेखि दुई देशबीचको उडान पुनः शुरू भएको समाचार संस्था एएफपीले जनाएको हाे । सन् २०१२ देखि बंगलादेश र पाकिस्तानका नागरिकले दुबई र दोहा जस्ता खाडीका विमानस्थल हुँदै यात्रा गर्नुपरेको थियो । राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एअरलाइन्स बिहीबार पाकिस्तानी शहर कराँची पुगेको थियो । अब विमान बंगलादेशले हप्तामा दुई दिन बिहीबार र शनिबार ढाका–कराची उडान गर्ने भएको छ ।
सीधा उडानको पुनः स्थापनाले व्यापार र वाणिज्यलाई बढावा दिन, शैक्षिक आदानप्रदानलाई विस्तार गर्न र दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्ने विमान कम्पनीले बताएको छ ।सन् २०२४ मा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले शेख हसिनाको १५ वर्षे निरङ्कुश शासन अन्त्य गरेपछि पाकिस्तानसँगको सम्बन्धमा सुधार भएको छ ।
यसअघि सन् २०२४ को नोभेम्बरमा कराँचीबाट बंगलादेशको प्रमुख बन्दरगाह चटगाउँका लागि मालवाहक पानीजहाजहरू पुनः सञ्चालनमा आएका थिए । साेही समयदेखि दुई देशबीचको व्यापारका साथै साँस्कृतिक सम्बन्ध बढेको हाे ।





प्रतिक्रिया दिनुहोस्