Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


उपत्यका बाहिर चुनावी रौनक (भिडियो रिपोर्ट)


0
Shares

काठमाडौं ।
देशभर प्रतिनिधिसभा निर्वाचनको माहौल तात्न थालेको छ ।

राज्य संयन्त्रदेखि राजनीतिक दलहरु पूर्ण रुपमा निर्वाचनमा होमिएका छन् । राज्य संयन्त्रले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न अग्रसरता लिएको छ भने राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुन धुमधामका साथ लागिरहेका छन् ।

उपत्यका बाहिर निर्वाचनको माहौल तातिसक्दा पनि उपत्यका भने हिउँदे मौसमसंगै राजनीतिक रुपमा पनि चिसै छ । एक विगतका वर्षहरुमा काठमाडौं उपत्यकामा जस्तो निर्वाचनको रौनक अन्य ठाउँमा सायदै हुन्थ्यो । यहाँका मतदाताहरुको अवस्था र उम्मेदवारहरुको रोचक प्रतिस्पर्धाले मुलुकको ध्यान तान्ने गर्दथ्यो ।

चर्चित उम्मेदवारहरुबीच हुने स्वच्छ प्रतिस्पर्धापछि आउने परिणाम त झन रोचक नहुने कुरै थिएन । त्यसैले पनि सबैले काठमाडौं उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रहरुहरुलाई सूक्ष्म तरिकाले नियाल्ने गर्थे । तर, यस पटक अवस्था त्यस्तो देखिएको छैन ।

निर्वाचनको सम्मुखमा पनि काठमाडौं उपत्यका जसरी मौसम चिसो छ, उसैगरी राजनीति पनि चिसो नै छ । राजधानी सुनसान रहे पनि मोफसलमा भने निर्वाचनको रौनक ह्वात्तै बढेको छ । खासगरी चर्चित उम्मेदवारहरु निर्वाचनमा होमिएका क्षेत्रमा झन रौनक देखिएको छ । ती क्षेत्रमा राजनीतिक दलका उम्मेदवार, नेतादेखि कार्यकर्तासम्मले चुनावी माहौललाई तताईरहेका छन् ।

विगतका निर्वाचनमा विभिन्न पार्टीका प्रमुखदेखि शीर्षनेताहरु काठमाडौंबाटै निर्वाचन लड्ने गरेका थिए । यसपटक तिनै चर्चित र वरिष्ठ नेताहरुले काठमाडौं उपत्यका छोडेका छन् । यसपटक रुकुमपूर्व पुगेका नेकपा संयोजक पुष्पकमल दाहाल कुनै बेला काठमाडौंबाट निर्वाचन लडेका थिए । उनले २०६४ र २०७० सालमा काठमाडौं–१० बाट प्रतिस्पर्धा गरेका थिए । काठमाडौं–२ बाट निर्वाचन चुनाव लड्दै आएका माधवकुमार नेपाल यस पटक रौतहट–१ मा पुगेका छन् ।

अर्कोतर्फ, नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–४ बाट पटकपटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका थिए । तर, यसपटक भने उनी सर्लाही–४ तिर लागेका छन् । यसपटक काठमाडौं उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रमा विगतका निर्वाचनमा पराजित भएका र विजयी उम्मेदवारहरु चुनावी मैदानमा छन् । जसमा एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङदेखि राप्रपाका रविन्द्र मिश्रसम्म चुनावी मैदानमा छन् ।
रविन्द्र मिश्रले यसपटक चर्चित उम्मेदवारहरुको निर्वाचन क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ । झापा–५, सर्लाही–४, रुकुमपूर्व र चितवन–२ लगायतका महत्वपूर्ण क्षेत्र केन्द्रमा छन् । यी क्षेत्रमा कसको पल्लाभारी होला भन्ने विषयमा आफू अनुकूलको पूर्वानुमान पनि भईरहेको छ ।