Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


देश अर्को दुर्घटनामा पर्नसक्ने दाहालको दाबी


1.2k
Shares

काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मुलुक अर्को दुर्घटनामा पर्नसक्ने भन्दै त्रास देखाउनु भएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा दाहालले निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमै रहेको र चुनावले कस्तो परिणाम दिन्छ भन्ने अन्यौल ब्यापक रहेको बताउनुभयो ।

‘चुनाव त अगाडि छ तर यो चुनावले के दिन्छ भन्ने पनि कन्फ्युजन छ भन्दै उहाँले सच्च कम्युनिष्टहरु एकताबद्ध भएर देशव्यापी अभियानमा नगए फेरि अर्को दुर्घटनातिर देश जाने जिकीर गर्नुभयो । दाहालले देशब्यापी रुपमा चुनावमा केन्द्रीत हुन पनि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।