Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिर र राजदेवी मन्दिरमा पूजा अर्चना


390
Shares

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिर र राजदेवी मन्दिरमा पूजा अर्चना गर्नुभएकाे छ ।

आइतबार जनकपुरधाम आई पुगेका पूर्वराजा शाह सोमबार जानकी मन्दिर तथा राजदेवी मन्दिर पुगेर पूजा अर्चना गर्नुभएकाे हाे ।

जानकी मन्दिर पूजा गरेपश्चात पूर्व राजा शाहले मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसँग समेत भेटघाट गर्न पुग्नुभएकाे हाे ।

जानकी मन्दिरमा दर्शन पश्चात पैदल यात्रा गर्दै जनक चोक हुँदा राम मन्दिरमा समेत पूजा अर्चना गर्नुभएकाे थियाे भने राम मन्दिर परिसरमै रहेको राजदेवी मन्दिरमा समेत उहाँले पूजा अर्चना गर्नुभयाे ।

निर्वाचनको मुखमै पूर्व राजा शाहको जनकपुरधाम भ्रमणलाई राजनीतिक वृत विभिन्न हिसाबले अर्थयाइएको छ । तर पूर्व राजा शाहले भने संचारकर्मीहरुसँग कुनै प्रतिक्रिया दिन रुचाउनुभएन् ।