Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


दैलेखमा बदेलको आक्रमणबाट एकको मृत्यु, दुई जना घाइते


1.1k
Shares

नविन कुमार शर्मा, दैलेख । दैलेखमा बदेलकाे आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ ।

साेमबार दैलेखको भैरबी गाउँपालिका–५ गडीगाउँका ७८ वर्षीय प्रदीप सिंहको बदेलको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिए ।

प्रहरीका अनुसार छिमेकी गाउँ भैरबी गाउँपालिका–६ कुटी नजिक घाम तापेर बसिरहेका बेला रातामाटे सल्लेरी वन क्षेत्रबाट आएको बँधेलले आक्रमण गरी गुप्ताङ कोपरेर घाइते बनाएका सिंहको अध्याधिक रक्तश्राव भई घटनास्थलमै मृत्यु भएको हो ।

आजै दिउँसो अर्को ठाउँ सोही वडाको कुर्माकोटका दुई जना युवाहरु २२ वर्षीय निकेश सिंजाली र ३४ वर्षीय दिपक सिंजालीलाई पनि बारीमा काम गर्न लागेको बेला घाइते बनाएको वडाध्यक्ष तुलबहादुर हमालले जानकारी दिए ।

निकेशको खुट्टा र दिपकको पेटमा टाेकेर सख्त घाइते दुवै जनालाई दैलेख अस्पताल पुर्‍याई प्रारम्भिक उपचार थालिएको छ । वन जंगलको संरक्षणका कारण वन बढेको कारणले पनी जंगली जनावर गाउँघरमा पस्ने गरेको छन्। जिल्लामा बदेलको संख्या बढेको लगाएको वालीनाली समेत खाएर सखाप पार्ने गरेको कृषकहरु गुनासाे गरेका छन् ।

यस्तै वदेल संगै जिल्लाका विभिन्न सामुदायिक वनहरुमा चितुवाहरु देखिने गरेको छ । जंगली जनावरको कारण धेरै जनाले ज्यान गुमाउनुका साथै धेरैको संख्यामा मानीसहरु घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।