काठमाडौं । नेपाली बजारमा साेमबार सुनचाँदीको मूल्यमा उकालो लाग्ने क्रम जारी रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार एकै दिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको जनाएको हाे ।साेमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै सबै भन्दा उच्च हो । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि साेमबार भारी वृद्धि भएको छ । महासंघले साेमबार चाँदी तोलामा २ सय ७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको जनाएकाे हाे। चाँदी आइतबार तोलामा ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएकाे थियाे ।





प्रतिक्रिया दिनुहोस्