
Snow covers the streets of the town of Ghazni , southwest from Kabul, Sunday, Jan. 24, 2025. Heavy snow and rainfall over the past three days have killed and injured scores of people across Afghanistan, the country's disaster management authority said Saturday.(AP Photo/Mohammad Amin)
एजेन्सी । अफगानिस्तानमा गत बुधबार र बिहीबार भएको ठूलो हिमपात र वर्षाका कारण मृत्यु हुनेको संख्या ६१ जना पुगेको छ ।
आँधीबेहरीका कारण ४ सय ५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका त्यहाँको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो । समाचार संस्था एएफपीका अनुसार प्रारम्भिक तथ्यांकले मृतकको संख्या ६१ र घाइतेको संख्या १ सय १० जना भन्दा बढी रहेको देखाएको छ । विगत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रका बासीन्दाहरुले ठूलो हिमपात र चिसोको सामना गरिरहेका छन् ।
जसका कारण राजधानी काबुल र कैयौं प्रान्तहरूबीचको महत्त्वपूर्ण सञ्जालसहित अधिकांश प्रमुख राजमार्ग र सडकहरू बन्द भएको एएफपीले जनाएको हो।





प्रतिक्रिया दिनुहोस्