Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


भन्सार दिवसको अवसरमा दौड प्रतियोगिता


52
Shares

काठमाडाैं । ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शनिबार दौड प्रतियोगिता भएको छ ।

भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतीघर, बानेश्वर, तीनकुने, हुँदै त्रिवि भन्सार कार्यालयसम्म भएको ४ किलोमिटर दौड प्रतियोगितामा पुरूषतर्फ सशस्त्र प्रहरीका रूपेश कार्कीले १५ मिनेट ३१ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरेका छन् । यस्तै, नेपाली सेनाका राजीव कुमार नेपाल दोस्रो तथा नेपाल आर्मीकै संजीव माझी तेस्रो भए ।

यस्तै महिलातर्फ नेपाली सेनाकी लक्ष्मी खड्का ले २२ मिनेट २९ सेकेन्डमा दुरी पार गर्दै पहिलो भइन् भने ससस्त्र प्रहरीकी तारा कुमारी गीरी दोस्रो तथा सशस्त्रकै रिता खड्का तेस्रो भइन् । विजयी प्रतियोगीलाई यही माघ १२ गते अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा हुने विशेष समारोहमा नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने छ । पहिलो हुनेले २५ हजार, दोस्राले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

त्रिवि भन्सार कार्यालय, नेपाल भन्सार एजेन्ट संघ काठमाण्डौ, नेपाल फ्रेट फरवाडरर्स एसोसियसन, नेपाल निर्यात परिषद काठमाडौँ तथा नेपाल कुरियर सेवासंघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १५० प्रतियोगित सहभागी थिए ।