काठमाडौं ।
एपीएफ क्लबका रुपेश कार्कीले ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ४ किलोमिटर दौड जितेका छन् । रुपेशले १५.३१ मिनेटमा दुरी पार गर्दै प्रथम भएका हुन् ।
त्रिभुवन आर्मी क्लबका राजीव कुमार नेपालले १८.२० मिनेटमा दुरी पार गर्दे दोस्रो तथा नेपाल आर्मीकै सञ्जीव माझीले १८।२२ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।
महिलातर्फ आर्मीकी लक्ष्मी खड्काले २२.२९ मा दुरी पार गर्दै प्रथम, एपीएफकी ताराकुमारी गिरीले २३.२५ मा दुरी पार गर्दै दोस्रो र रीता खड्काले २५.०२ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हात पारिन् ।
भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै त्रिवि भन्सार कार्यालय पुगेर दौड टुंगिएको थियो । सेना, ससस्त्र, भन्सार कर्मचारी, भन्सार एजेन्ट, नेपाल फ्रेट फरवार्डर्स एसोसिससन, नेपाल भन्सार एजेन्ट संघ काठमाडौं, नेपाल निर्यात परिषद् ठमेल तथा नेपाल कुरियर सेवा संघ काठमाडौंका सहित १ सय ५० जना प्रतियोगी थिए ।





प्रतिक्रिया दिनुहोस्