Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


कांग्रेसकाे सभापति बनेपछि पहिलाे पटक गगन थापा सानेपा पुगे


234
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय सानेपामा पुग्नुभएकाे छ।

साेही महाधिवेशनबाट सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुग्नुभएकाे हाे। थापासहित विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले पदबहाली गरेपछि केन्द्रीय कार्यसमितिको बैठक पनि शुक्रबार नै बस्ने भएकाे छ ।

गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १ सय ३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।