Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिंदै


156
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने भएका हुन् । त्यस्तै, शुक्रबारै दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगले शुक्रबार अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने जनाएको हो।

पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते दावी विरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ बजेदेखि बिहीबार सााझ ५ बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ ।

देशैभरीका १ सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४ सय ८६ उम्मेदवारी दर्ता भएको छ । यहि माघ ६ गते देशभर एकैपटक मनोनयन पत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष र तीन सय ९६ महिला तथा अन्य एक जना रहेको आयोगले जनाएको छ ।