काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला १० हजार ४ सय रूपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार भने घटेको हाे। साेही दिन सुन प्रतितोला २ लाख ९५ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रूपैयाँमा काराेबार भएकाे जनाएकाे छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९ सय रूपैयाँ घटेको हो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ५ हजार ९ सय २० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बिहीबार ५ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ४ हजार ७ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।





प्रतिक्रिया दिनुहोस्