Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्की आफैंले सम्हाल्ने (विज्ञप्तिसहित)


299
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्रीले पदबाट राजनीमा दिएपछि रिक्त भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ ।

राष्ट्रपति पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै रिक्त भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने गरी तोक्नुभएको हाे। प्रधानमन्त्री समक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएकाले उनीहरुले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको हाे ।

तीनै जना मन्त्रीहरुले राजीनामा दिएर आगामी निर्वाचनका लागि उम्मेदवारी मंगलबार दिने याेजनामा रहेका छन् ।